ओभरपास भत्किएर मेट्रो ट्रेन खस्यो !

१५ जनाको मृत्यु

मेक्सिको सिटी, वैशाख २१ । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा ओभरपास भत्किएर मेट्रो ट्रेन सडकमा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ। सोमबार राति मेट्रो ट्रेन गुडिरहँदा ओभरपास भत्किएर सडकमा खसेको थियो।

समाचार संस्था रोयटर्सका अनुसार घटनामा परी ७० जना घाइते भएका छन्।

frontline

स्थानीय  मिलेनियो टिभीले प्रसारण गरेको भिडिओमा मेट्रो ट्रेन ओभरपास मुनि सडकमा गुडिरहेका कारहरूमाथि खसेको देखिन्छ।  

मेक्सिको सिटीका मेयर क्लाउडिया शिनबौमले १५ जनाको मृत्यु भएको पुष्टि गरे।

दुर्भाग्यवश त्यहाँ मृतक र घाइते मानिस छन्। अहिले म घटनास्थलमा कमान्ड सेन्टर स्थापना गर्न सहयोग गर्दैछु,’ मेयर शिनबौमले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here