जीप दुर्घटना हुँदा पाँचको मृत्यु

पोष्टमार्टमका लागि शव लिएर आउँदै गरेका ५ आफन्तहरू घाइते

बैतडी,

frontline

वडा सदस्यको शव बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु (अपडेट)

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका-६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउने क्रममा जीप दुर्घटना भएको हो।

सोही वडाको रोडिदेवलमा मंगलबार दिउँसो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

चार जनाको घटनास्थलमै मृत्यु भएको र जीप चालक दशरथचन्द नगरपालिकाका ४५ बर्षका तेजबहादुर बोहराको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुने अन्यमा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जितसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारी छन्।

पोष्टमार्टमका लागि शव लिएर आउँदै गरेका ५ आफन्तहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिशरण भट्टले बताए।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको उनले बताए। घाइतेहरूलाई उपचारका लागि सदरमुकाम ल्याइँदैछ।

जीप सडकबाट खसेर दुर्घटना भएको हो। जीप के कारणले खसेको भन्ने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here