“फुल बुट्टे सारी” पछी “ल्यासी पाउ”

“नेपालमा बियोन्से को बड्दो भाउ”

पछिल्लो समय चर्चामा रहेको गीत हो “फुल बुट्टे सारी”

“फुल बुट्टे सारी” । सबै उमेरका व्यक्तिले अत्याधीक मनपराएपछी स्वदेश सँगै विदेशमा पनि यो गीतको कभर निकाल्नेको सङ्ख्या एकाएक बढ्यो । पछिल्लो समय चर्चामा रहेको गीत हो “फुल बुट्टे सारी”

frontline

यही गीतलाई युगान्डाकी ‘बियोन्से’ले पनि कभर गरेर निकालिन् । विदेशीले गाएको “फुल बुट्टे सारी” भनेपछि नेपालीले नहेर्ने कुरै भएन । उनै ‘बियोन्से’लाई लिएर “फुल बुट्टे”का सर्जक राजन राज सिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका छन् ।

‘ल्यासी पाउ’ बोलको गीतमा राजनराज सिवाकोटी सँग बियोन्सेले आवाज भरेकी छिन्। मन्दिरा ढुंगेलले शब्द रचेको गीतलाई राजनले नै संगीत भरेका छन्।

राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजन र बियोन्से नै फिचर रहेका छन् ।

उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । 

हेर्नुस् भिडियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here