हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन र पूजा

१४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गरेकी छन् । मंगलबार हरितालिका तीजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन् ।

वैदिक सत्य सनातन हिन्दू धर्मावलम्वीहरुको पर्व हरितालिका तिजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गरिन् ।

frontline

दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ । यस वर्ष पनि हिन्दू नारीहरुले हर्षोल्लासका साथ तीज मनाएका छन् ।

आज देशभर पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । आज महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन छ ।

हिजो (सोमवार) दर खाएपछि औपचारिक रुपमा शुरु भएको यो पर्व बिहीबार ऋषि पञ्चमीसम्म मनाइन्छ । आज तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ ।

तीजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रुपमा समेत लिने गरिन्छ ।

अविवाहित महिलाले आजको दिन निराहार व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here