दमौलीमा सरकारी कर्मचारीको बस दुर्घटना हुँदा १० जना घाइते
१३ भदौ, तनहुँ । दमौलीबाट सरकारी कर्मचारी लिएर पोखरातर्फ जाँदै गरेको बस आज साँझ दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
ग १ ख ४०२३ नम्बरको बस पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादी नजिकको सडकबाट तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकाको दमौलीको रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेमध्ये दुई जना गम्भीर रहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेकाले अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्