बैतडीका दुई ठाउँमा शंकास्पद वस्तु फेला

७ भदौ, काठमाडौं । बैतडीका दुई ठाउँमा पनि शंकास्पद वस्तु फेला परेको छ।

जिल्लाको सतबाँझ क्षेत्रमा सडकमा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए। 

frontline

उनका अनुसार सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ। 

यस्तै, सतबाँझ–गोकुलेश्वर सडकखण्डको बीचमा पनि शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ। 

सडकमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ।

विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेका छन्। यसअघि कैलालीका २ ठाउँमा पनि शंकास्पद वस्तु भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here