४३ विद्यार्थी बेपत्ता पारेको आरोपमा मेक्सिकोका पूर्व महान्यायाधिवक्ता जेसस पक्राउ

४ भदौ, काठमाडौं । मेक्सिकोका पूर्व महान्यायाधिवक्ता जेसस मुरिलो करमलाई सन् २०१४ मा ४३ विद्यार्थी बेपत्ता पारेको आरोपमा पक्राउ गरिएको छ ।

करमलाई बिद्यार्थी जबरजस्ती बेपत्ता पारेको, यातना दिएको र न्यायमा बाधा पुर्‍याएको आरोप लगाइएको छ । 

frontline

विद्यार्थीहरू मेक्सिको सिटीमा भएको विरोध प्रदर्शनमा सहभागी हुनका लागि इगुआला सहरको बाटो हुँदै बसमा यात्रा गर्दा बेपत्ता भएका थिए ।

उनीहरू मध्ये मात्रै तीनजनाको हड्डीका टुक्राहरू भेटिएको बताइएको छ । त्यो बाहेक उनीहरूको अवस्थाबारे केही जानकारी प्राप्त नभएको बताइएको छ । 

२६ सेप्टेम्बर २०१४ को साँझ विद्यार्थीहरू बोक्ने बसहरूमा नगरपालिका प्रहरीले गोली चलाएको थियो । त्यसपछि के भयो भन्नेबारे अझै विवादित छ । 

विद्यार्थीहरूको रहस्यमय बेपत्ताले संसारभर स्तब्धता छाएको बताइएको छ । सोही कारणले मेक्सिकोमा दण्डहीनता र संगठित अपराधमा राज्यको संलग्नता विरुद्ध व्यापक विरोध प्रदर्शन भएको पनि बताइएको छ । 

शुक्रबार गिरफ्तार गरिएको करमले विद्यार्थीहरूलाई के भयो भन्ने विषयमा सन् २०१५ को विवादास्पद अनुसन्धानको नेतृत्व गरेको बताइएको छ ।

विद्यार्थीहरूलाई मारेको र अवशेषहरू जलाएको आरोपमा कार्टेलका सदस्यलाई उक्त नेतृत्वले दोष लगाएको थियो । 

अनुसन्धानका निष्कर्षहरू तत्कालीन राष्ट्रपति एनरिक पेना निटोले समर्थन गरेका थिए । सशस्त्र बलहरूलाई कुनै दोष नलगाएको कारण स्वतन्त्र विशेषज्ञहरू र हराएका विद्यार्थीहरूका आफन्तहरूले आलोचना गरेको बताइएको छ ।  

विद्यार्थी बेपत्ता भएको घटनामा पक्राउ पर्ने उनी अहिलेसम्मकै उच्च सरकारी अधिकारी भएको दाबी गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here