रामेछापमा बाढीले पाँच घर बगायो

३ भदौ, रामेछाप । नासिङ खोलामा आएको बाढीले रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ ठोसेमा पाँच घर बगाएको छ ।

बिहीबार दिनभरि परेको पानीका कारण ठोसेको एकामफेदी बाहुनटोलमा रहेको नासिङ खोलामा आएको बाढीले पाँच घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

frontline

प्रहरीका अनुसार बाढीले सन्तोष रोका, ज्ञानबहादुर रोका र रमेश रोकाको २ तले पक्की घर बगाएको हो । यस्तै, हरिबहादुर खत्री र धनलक्ष्मी गुरागाईँको ढुङ्गा माटोले बनेको घर बगाएको छ ।

बाढीका कारण विस्थापित भएकाहरु अहिले छिमेकीको घरमा बसिरहेको रामेछाप प्रहरीले जनाएको छ । घर बगाए पनि मानविय क्षति भने भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here