रुसको रोस्तोमा आगलागी हुँदा ६० घर जलेर नष्ट

१ भदौ, मस्को ।  रुसको रोस्तोमा मङ्गलबार आगलागी हुँदा ६० घर जलेर नष्ट भएका छन् । जङ्गलमा आगलागी भएको र सोही आगो बस्तीमा लागेर घरहरू जलेको अधिकारीहरूले जानकारी दिएका छन् ।  

मान्छे बस्दै आएका घरहरू जले पनि मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरूको भनाइ छ ।

frontline

देशको उस्त डोनेत्स्क जङ्गलमा गत सोमबारदेखि आगलागी भएको थियो । घटनास्थल रोस्तोभ क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।

आगलागी तीन गाउँ प्रभावित भएको आपतकालीन व्यवस्था मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । आगलागीका कारण कैयौँ व्यक्ति विस्थापित पनि भएका छन् ।

उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता रहेको बताइएको छ । अत्यावश्यक सेवा तथा सामग्री उनीहरूलाई उपलब्ध गराउने कार्य भइरहेको पनि अधिकारीहरूले बताएका छन् ।   

आगलागी नियन्त्रणका लागि दुई अग्नि नियन्त्रक विमान, एउटा हेलिकोप्टर, ३०० भन्दा बढी अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ।  रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here