२ अस्पतालमा अक्सिजन प्लान्टको स्थापना- नागरिकको स्वास्थ्यमा महानगरको योगदान
काठमाडौँ महानगरपालिकाले बाँसबारीमा अवस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्थापना गरेको अक्सिजन प्लान्टको आज शुभारम्भ गरिएको छ ।
दैनिक ४७ लिटरका १३५ सिलिन्डर उत्पादन क्षमता भएको उक्त प्लान्टको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज शुभारम्भ गरेका हुन । महानगरले उपलब्ध गराएको करिब २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ ।
प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, १ हजार लिटर क्षमताको एअर ट्याङ्क, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, २ वटा अक्सिजन जेनेरेटरलगायतका उपकरण जडान गरिएका छन्
कामपाले गंगालालमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्याधिक माग नभएको स्मरण गर्दै प्रमुख शाक्यले भने ,‘त्यतिबेला अक्सिजनको अहिलेजस्तो अभाव थिएन,त्यसबेला गरेको निर्णयबाट अहिलेको महामारी व्यवस्थापनमा लाभ हुने आशा गरिएको छ ।’
उनका अनुसार अक्सिजनअक्सिजनआन्तरिक पाइप प्रणालीबाट विरामी भएको ठाउँसम्मै लगेर जडान गरिएको छ ।त्यस्तै उनले महानगरले अबको केही दिनमा नै कान्ति बालअस्पतालको प्लान्टको पनि सुभारम्भ गर्ने बताए ।
अस्पलालमै अक्सिजन उत्पादन गर्ने भएपछि गंगालाल अस्पतालले अब विरामीसँग अक्सिजनको पैसा नलिने प्रतिबद्धता जाहेर गरेको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस्