पाकिस्तानमा यात्रुवाहक बसमाथि ट्रक खस्दा १३ जनाको मृत्यु, पाँच जना घाइते

२९ साउन, एजेन्सी । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

चिनीको बोरा बोकेको ट्रक यात्रुवाहक बसमाथि खसेर दुर्घटना भएको जनाइएको छ। त्यसपछि १० वटा आकस्मिक सवारी साधन र जिल्ला प्रशासनको क्रेनबाट उद्धार कार्य सुरु गरिएको उद्धार अधिकारीहरुले बताएका छन्।

frontline

उद्धार टोलीले सुरुमा बसबाट शव निकाल्दा पाँच जनाको मृत्यु भएको जनाइएको थियो। तर, घाइते भएकाहरूको मृत्युपछि उक्त सङ्ख्या १३ पुगेको उद्धार अधिकारीहरूले बताएका छन्।

बाँकी घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ।

पाकिस्तानमा मुख्यतया खराब मर्मत गरिएका सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका प्रायः सडक दुर्घटनाहरू हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here