भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
२७ साउन, चितवन । भरतपुर अस्पतालमा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मकवानपुरका एक जना कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
भरतपुर अस्पतालमा पाँच जना कोरोना संक्रमितको आइसियु र ६ जना एचडियुमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्