नमोबुद्ध र रोशी गाउपालिकामा आइसोलसन केन्द्र सुरु

आधा–आधा खर्च व्यहोर्ने गरी निर्माण गर्ने

दुबै पालिका मिलेर ४० शैयाको आइसोलेसन

महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को महामारीविरुद्ध जुध्न नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्त रुपमा आईसोलेसन निर्माणको सम्झौता गरेका छन् ।

frontline

नमोबुद्ध नगरपालिकाले आइसोलेसन स्थापना गरेको जनक क्याम्पसमा रोशी गाउँपालिकासँगको सहकार्यमा आइसोलेसन कक्ष विस्तार गरिनेछ । दुबै पालिकाबीच अक्सिजन र पूर्वाधार एवं सुविधाको व्यवस्थासहित ४० शैयाको आइसोलेसन सञ्चालन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । यस अघि नमोबुद्ध नगरपालिकाले अक्सिजनसहित २५ शैयाको आइसोलेसन स्थापना गरेको थियो । सम्झौता पछि दुबै पालिका मिलेर ४० शैयाको आइसोलेसन बनाउनेछन् । आइसोलेसन आवश्यक पर्ने दुबै पालिकाका कोभिड–१९ का बिरामी उक्त आइसोलेसन केन्द्रमा राखिनेछ ।

नमोबुद्ध र रोशी गाउपालिकामा आइसोलसन सुरु गर्ने सम्झौता
तस्बिर : ईन्टरनेट

सम्झौतापत्रमा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले हस्ताक्षर गरेका छन् । सीमित जनशक्तिलाई संयुक्त र एकीकृत ढंगबाट परिचालन गर्दै कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउन र आइसोलेसनमा बस्नुपर्ने बिरामीको सेवा थप प्रभावकारी बनाउन दुई पालिकाबीच सहमति गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताउनु भयो ।

सहमतिअनुसार आइसोलेसनमा दुबै पालिकाबाट एक एक जना चिकित्सक आलोपालो हुनेगरी खटिनेछन् भने कोभिड १९ का बिरामीको संख्याको आधारमा दुबै पालिकाबाट स्वास्थ्यकर्मी खटाइनेछ । यस्तै आवश्यक भौतिक पूर्वाधार जस्तै शौचालय, स्वाब संकलन बुथ, स्थान गृह/हात धुने स्थल लगायतको अस्थायी रुपमा निर्माण गर्न प्राविधिक लागत अनुमान तयार गरी दुबै पालिकाले आधा–आधा खर्च व्यहोर्ने गरी निर्माण गर्ने, आईसोलेसन सेन्टरको वरपरको सरसफाईको लागि एक जना सरसफाईकर्मीको व्यवस्था गर्ने रसरसफाईकर्मीको न्यूनतम पारिश्रमिक दुबै पालिकाबाट आधा÷आधा व्यहोर्ने सहमति भएको छ ।

आईसोलेसन सेन्टरमा रहेका कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित व्यक्तिहरुको लागि आवश्यक पर्ने खाद्यान्न सामाग्रीहरु, खाना/खाजा खर्च तथा अन्य खर्चको व्यवस्थापन संक्रमित व्यक्तिहरुको संख्याको मूल्यांकन गरी अनुपातिक ढंगले दुबै पालिकाले व्यवस्थापन गर्ने सहमति पनि दुबै पालिकाबीच भएको छ । आइसोलेसन केन्द्रमा दुबै पालिकाका सम्वन्धीत वडाअध्यक्षको सिफारिसमा बिरामी राख्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here