रौतहटमा कोभिड अस्पताल सञ्‍चालनको तयारी

चन्द्रनिगाहपुरमा ४६ बेड र गौर अस्पतालमा १५ बेडको कोभिड अस्पताल सञ्‍चालन हुने

अक्सिजनसहितको एचडीयू बेड, आइसीयू र भेन्टिलेटर समेतको व्यवस्था गरेर अस्पताल सञ्‍चालन

२० वैशाख, रौतहट । कोरोनाको संक्रमण बढिरहेका बेला रौतहटका बिरामीहरुको उपचारको लागि तत्काल ७१ बेडको कोभिड अस्पताल सञ्‍चालन हुने भएको छ ।

frontline

जिल्लास्थित कोभिड संकट व्यवस्थापन समितिको बैठकले रौतहटका पालिकाहरुमा कोभिड अस्पताल सञ्‍चालन गर्ने निर्णय गरेको हो । जस अनुसार पहिलो चरणमा चन्द्रनिगाहपुरमा ४६ बेड र गौर अस्पतालमा १५ बेडको कोभिड अस्पताल सञ्‍चालन हुने भएको छ । अक्सिजनसहितको एचडीयू बेड, आइसीयू र भेन्टिलेटर समेतको व्यवस्था गरेर अस्पताल सञ्‍चालन हुन लागेको हो ।

गौर अस्पतालमा तत्काल १० बेडको आइसीयू, ४ भेन्टिलेटर तथा १५ वटा एचडीयू बेड सञ्चालन हुने

गौर नर्सिङ्ग इन्स्टिच्यूटमा १० बेडको छुट्टै कोभिड अस्पताल

गौर अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि तत्काल १० बेडको आइसीयू, ४ भेन्टिलेटर तथा १५ वटा एचडीयू बेड सञ्चालन हुने अस्पतालका डा. कृष्ण साहले बताए । उनले भने, ‘संक्रमितहरुको उपचारको लागि आवश्यक पर्ने सबै तयारीहरु अन्तिम चरणमा पुगेको छ ।’

निमित मेडिकल सुपरिटेन्डेन्ट डा. साहले भने, ‘गौर अस्पतालको माथिल्लो तल्लामा कोभिडका विरामीको लागि एचडीयू बेड, आइसीयू र भेन्टिलेटरसहितको कक्ष तयार गरेका छौं ।’ गौर अस्पतालमा अक्सिजनसहितको आवश्यक सेवा सञ्‍चालनमा आएपछि बिरामीहरूलाई सहज हुने उनले बताए ।

यता, गौर नगरपालिकाले गौर नर्सिङ्ग इन्स्टिच्यूटमा १० बेडको छुट्टै कोभिड अस्पताल सञ्‍चालन गर्ने भएको छ। बिरामीको चाप बढन सक्ने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले अस्पताल सञ्‍चालनको तयारी गरेको नगरप्रमुख अजय गुप्ताले बताए ।

‘अस्पताललाई चाहिने सबै किसिमको सहयोगको लागि नगरपालिका अगाडि आउँछ ।’ उनले भने ‘नागरिकको स्वास्थ्य सुरक्षित राख्न गौर अस्पताललाई हामी श्रोत साधनको कमी हुन दिदैनौं ।’

‘चन्द्रपुर, वृन्दावन, गढीमाई र गुजरा नगरपालिले संयुक्त रुपमा चन्द्रनिगाहपुरको शहीद पार्कमा ४६ बेडको कोभिड अस्पताल सञ्‍चालन

गौर अस्पताललाई चाहिने आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीहरु करारमा भर्ना गर्न बाटो खुलिसकेकोले तत्काल जनशक्तिको अभाव नहुने उनले दाबी गरे ।

यस्तै सरकारले होम आइसोलेसनको अवधारणा ल्याएकोले तत्कालको लागि सबैभन्दा जरुरी देखिएको स्वास्थ्य सुरक्षाका लागि कोभिड अस्पतालहरुको व्यवस्थापनमा आफूले जोड दिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । जिल्लामा तीन स्थान बाहेक अन्य नगरपालिकाहरुले पनि ५-१० बेडको कोभिड अस्पताल सञ्‍चालन गर्ने तयारी रहेको उनले बताए ।

गौर अस्पतालमा ३२ बेडको कोभिड वार्ड समेत बनाइएको उनले बताए । ‘चन्द्रपुर, वृन्दावन, गढीमाई र गुजरा नगरपालिले संयुक्त रुपमा चन्द्रनिगाहपुरको शहीद पार्कमा ४६ बेडको कोभिड अस्पताल सञ्‍चालन गर्दैछ ।’ प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘लक्षणसहितको बिरामीलाई कोभिड अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here