सेयर बजारमा दोहोरो अंकको करेक्सन

 २३ साउन, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ। 

कारोबारको दोस्रो दिन सोमबार नेप्से १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.४१ अंकले घटेर ४०६.१४ विन्दुमा पुगेको छ।

frontline

बजारमा दोहोरो अंकको करेक्सन आएपनि आइतबारको तुलनामा भने कारोबार रकम भने बढेको छ। यसदिन २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँमा कारोबार भयो।

आइतबार २ अर्ब ६७ करोड बराबरको सेयर कारोबार भएको थियो।

यसदिन दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड ७१ लाख बराबरको सेयर कारोबार भयो। 

यस्तै एनआईबीएल १० करोड ८५ लाख बढिको सेयर कारोबार गरी दोस्रो स्थानमा रहयो।

यसदिन कारोबारमा आएका १३ समूहमध्ये ११ को घट्यो भने २ को बढ्यो। अदर्श समूहको सूचक सर्वाधिक २.४२ प्रतिशतले घट्दा होटल एन्ड टुरिजम,डेभलपमेन्ट बैंक,हाइड्रो पावर, फाइनान्स,लाइफ इन्स्योरेन्स र इन्भेस्टमेन्ट समूहको सूचक १ प्रतिशत बढिले घट्यो।

दोहोर अंकले ओरालो लागेको सेयर बजारमा मनु एन्ड एन्ड प्रो र म्युचुअल फन्डको सूचक क्रमश ०.१ र ०.२७ प्रतिशतले बढ्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here