पहिरोले बालबालिकाहरु विद्यालय जानबाट बञ्चित, अलैंची बगान नष्ट

२३ साउन, ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–४ तापेथोक हेल्लोकमा आइतबार बेलुकादेखि गएको पहिरोले बालबालिकाहरु विद्यालय जानबाट बञ्चित भएका छन् । पहिरोले दर्जनौं परिवारको अलैंची बगान नष्ट बनाएको छ ।

पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल हेल्लोकका अनुसार ६२ जना विद्यार्थी उपस्थित हुन नसकेका हुन् । उनीहरु विद्यालय आउने बाटो नभएको हेल्लोकले जानकारी दिए । यार्साङ, साम्लिङ, डाँडागाउँ र साबिक ९ नम्बरका विद्यार्थी आउन नसकेको उनले बताए ।

frontline

सत्यालुङबाट सुरु भएको पहिरो हेल्लोक खोलासम्म पुगेको मनिष हेल्लोक बताउँछन् । सबैभन्दा ठूलो पहिरो अछेछेयम्वा खोलाले बनाएको छ । अछेछेयम्वा, सेलिङवा र सिगो खोलामा आएको बाढीले पहिरो बनाएको हो । ‘शिरदेखि तीरैसम्म पहिरोले बढारेको छ,’ कमलले भने, ‘खोलामा गहिरो गरी पहिरो गएकाले विद्यार्थी कसरी विद्यालय ल्याउने भन्ने चिन्तामा छौं ।’

पहिरोले ८० मन बढी अलैंची फल्ने बगान बगाएको हेल्लोक बताँछन् । यहाँको मुख्य नगदेबाली अलैंची हो । अहिले अलैंची प्रतिमन ४० हजार रुपैयाँ छ । यो खोलाले २०२५ सालमा यसरी नै क्षति पुर्‍याएको थियो ।

तीनवटा खोलामा बाढी आउँदा हेल्लोक गाउँ खानेपानीबाट समेत बञ्चित भएको कमलले बताए । ‘गाउँमा लगेका खानेपानीका सबै पाइप बगाइदिएको छ,’ कमलले भने, ‘पहिरोले सबैतिर समस्या बनायो ।’

वर्षासँगै आइतबार बेलुकादेखि जान थालेको पहिरो सोमबार बिहानसम्म पनि नरोकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here