कुलोमा डुबेर बालकको मृत्यु
२१ साउन, टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नं. १ स्थित जमरा कुलोमा डुबेर एक बालकको ज्यान गएको छ।
एकतानगर शिविरका लाल सिंह परियारका १२ वर्षीया छोरा दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेमबहादुर शाहीका अनुसार दिनेश शनिवार १२ बजे जमरा कुलोमा साथीसँगै नुहाउन गएका थिए। नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनलाई तत्काल टीकापुर अस्पतालमा पुर्याइएको थियो।
डिएसपी शाहीका अनुसार उनको टीकापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। यतिबेला उनका शव टीकापुर अस्पतालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्