भारतले कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण मानव बस्ती डुबानमा

१८ साउन, सुनसरी । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीमा बाढीले कटान तिव्र पारेको छ ।

सुनसरी र उदयपुरको सिमानामा सप्तकोसीको बाढीले कटान तीब्र बनाएको हो ।

frontline

चतरा पुलमुनिको ३ किलोमिटरको दुरीमा रहेको डुम्रिबोटेबाट कटान तिव्र पारेको छ । बाढी श्रीलंका टापुतर्फ प्रवेश गरेको स्थानीय विक्रम पाण्डेले बताउनुभयो ।

कटान तिव्र भएपछि सप्तकोसीको बीच भागमा पर्ने श्रीलंका टापुका झण्डै २ हजार घर परिवार त्रासमा बस्न बाध्य भएका छन् ।

बाढीले पश्चिम तटबन्ध भत्काएर कटान थालेको स्थानीयको भनाइ छ । उनीहरुले ब्यारेजका सबै ढोका खोल्न सरकारसँग माग गरेका छन् ।

लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ ।

आज सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार १ सय २५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

उहाँले पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्य ३२ ढोका खोलिएको बताउनुभयो ।

सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाँउपालिका र बराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here