जोयरुम र फुजिटा ब्राण्डका सामान हेटौंडामा पाइने

श्रोत : ईन्टरनेट

१७ साउन, काठमाडौं । चाइनिज ब्राण्ड जायरुम र फुजिटा ब्राण्डका सामानहरु हेटौंडामा पाइने भएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त ब्राण्डका मोवाइल एसोसेरिज तथा घरायसी इलेक्ट्रोनिक्स सामानहरु बारे जानकारी दिइएको थियो । 

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको प्रमुख अतिथ्यता तथा मेघा टेक ग्रुप प्रालिका निर्देशक शैलेश लोहनीको अध्यक्षतामा रिटेल मिट कार्यक्रम भएको हो । 

frontline

आइफोन मोवाइलका एसोसेरिजहरु जोयरुम ब्राण्डका र घरायसी प्रयोजनमा प्रयोग हुने आइरन, स्टेन्ड फ्यान, मिक्चर, रोटी मेकर लगायतका सामाग्रीहरु पाइने जनाइएको छ ।

कम्पनीका निर्देशक लोहनीले जोयरुमका एयर फोन, पावर बैंक, आइफोनका कभर, डाटा केबल, स्मार्ट घडी, ब्लुटुथ स्पिकर, माइक, माइक्रोफोन, भ्लगिङ माइक लगायत विभिन्न एसोसेरिजहरु ६ महिना वारेन्टीका साथ पाइने बताएका थिए ।   

२००९ मा चाइनामा उत्पादन सुरु गरेका जोयरुम ब्राण्ड सहित हामीहरुले मस्की ब्राण्डका स्पिकरहरु, वोया ब्राण्डका एसोसेरिजहरु पाइने लोहनीले बताए ।

कार्यक्रममा मोवाइल एशोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष दिनेश लामा, बाराका अध्यक्ष मोहन क्षत्री लगायत हेटौंडाका मोवाईल व्यवसायीहरुको उपस्थिती रहेको थियो । उक्त सामानको हेटौंडाको लागि आधिकारिक विक्रेता भने स्कुलरोडमा रहेको आई स्टोर्स रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here