ललितपुरमा अक्सिजनसहितको आइसोलेसन सेन्टर

ललितपुरको च्यासलका स्थानीयले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरेका छन् ।

१९ वैशाख, ललितपुर । ललितपुरको च्यासलका स्थानीयले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरेका छन् । स्थानीयवासीका लागि च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा पाँच बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको हो ।

frontline

सामान्य अक्सिजनले हुने अवस्थामा हामीले आफैं व्यवस्था गर्न सकिन्छ भनेर तयार गरेका हौं

कोरोनाबाट संक्रमित हुने स्थानीय बासिन्दाका लागि आइसोलेसन सेन्टर तयार गरिएको च्यासल टोल सुधार समितिका अध्यक्ष श्याम व्यञ्जनकारले जानकारी दिए । ‘अस्पतालहरुमा बेड नपाइरहेको समाचार आइरहेको छ । त्यसैले सामान्य अक्सिजनले हुने अवस्थामा हामीले आफैं व्यवस्था गर्न सकिन्छ भनेर तयार गरेका हौं,’ उनले भने ।

अहिलेसम्म स्थानीय बासिन्दालाई कोरोना संक्रमण भएको खबर नपाएको उनले बताए । डा. विक्रम व्यञ्जनकार, डा. सुविन व्यञ्जनकार र डा. सुनिता व्यञ्जनकारको सुझाव अनुसार आइसोलेसन तयार पारिएको उनले बताए ।

आइसोलेसनमा बस्नेहरुलाई डा. समिरा व्यन्जनकारले जाँच गर्नेछिन् । डा. समिरा २०७४ सालमा भएको युएस बंगला विमान दुर्घटनामा बाँच्न सफल व्यक्ति हुन् ।

तस्बिर श्रोत:ईन्टरनेट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here