भलिबल संघको अध्यक्षमा निरोज मास्केको उम्मेदवारी घोषणा
१७ साउन, काठमाडौं । नेपाल भलिबल संघको अध्यक्ष पदमा निरोज मास्केले उम्मेदवारी घोषणा गरेकी छन्।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै संघकी वर्तमान उपाध्यक्ष मास्केले चुनावी घोषणा पत्रसहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
उम्मेदवारी घोषणा कार्यक्रममा उनले नेपालको भलिबल विकासको विविध एजेण्डा र कार्यक्रम सार्वजनिक गरिन्। सो क्रममा उनले भलिबलको पूर्वाधार विकासदेखि कार्यक्रम, प्रशिक्षण, प्रोत्साहन र प्रशासनिक सुधारको कार्यक्रमलाई अघि बढाउने बताइन्।
ग्रासरुटदेखि विभिन्न तहको भलिबल टिम निर्माण गर्ने, सोही अनुसारको कार्यक्रम गर्ने, काठमाडौंसहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र संघको प्रशासन चुस्त तरिकाले सञ्चालन गर्ने उनले बताइन्।
मास्केले संघीय सरकारदेखि प्रदेश हुँदै स्थानीय तहसँग सहकार्य गर्ने र नीजि क्षेत्र सहित विभिन्न रणनीतिक साझोदारलाई भलिबल खेलको विकाससँग जोड्ने एजेण्डा अघि सारेकी छन्।
नेपाल भलिबल संघको केन्द्रीय निर्वाचन भदौ २२ गते काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्