म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरको पहिरो पन्छ्याउन ढिलाइ हुँदा पर्यटकलाई सास्ती

फाइल तस्बिर

१७ साउन, जोमसोम ।  म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा गएको पहिरो पन्छ्याउन ढिलाइ हुँदा पर्यटकलाई सास्ती  भएको छ।

कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला सडक आयोजना र सो स्थानमा सडकको काम गर्दै आइरहेको शर्मा गजुरमुखी जेभीले सुख्खा पहिरो पन्छ्याउन ढिलो गरेको हो।

frontline

बेनी-जोमसोम ७६ किमी सडकअन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेमीरमा सोमबार दिउँसो सुख्खा पहिरो गएको थियो।

म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरको पैरोथाप्ला जाने झोलुङ्गे पुलदेखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोले सडक अवरुद्ध भएको थियो।

सुख्खा पहिरोले काभ्रेभीर सडकको करिब ३ सय मिटर दूरीको सडक पहिरोले पुरिएको थियो।

अहिले काभ्रेभीरमा सुख्खा पहिरो रोकिएको छ। पहिरो गएको क्षेत्रको सडक सञ्चालन गर्न करिडोर र शर्मा गजुरमुखी जेभीले बिलम्व गरेको सो क्षेत्रका स्थानीयबासीको गुनासो छ।

आयोजना प्रमुख जगत प्रजापतिले सुख्खा पहिरो पन्छ्याउन दुईवटा डोजर पहिरो गएको क्षेत्रमा पठाइएको बताएपनि सडक खन्ने उपकरण अहिलेसम्म सो स्थानमा नपुगेको स्थानीयको भनाइ छ।

काभ्रेभीरमा सुख्खा पहिरोले सडक अवरुद्ध भएसँगै बेनी-जोमसोमको सिधा सम्पर्क टुटेको हो। मुस्ताङबाट म्याग्दी र म्याग्दीबाट मुस्ताङ आउजाउ गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्।

पहिरोले सडक पुरै पुरिएपछि सो स्थानमा पैदल हिँड्ने ठाउँसमेत नभएको बेनी-जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए। 

म्याग्दीबाट मुस्ताङ आउने र मुस्ताङबाट बेनी जाने पर्यटकहरू मुस्ताङको घाँसादेखि कोप्चेपानी सम्मको डेढ घण्टा पैदल यात्रा गर्न पर्ने अवस्था आएको सुपरभाइजर शेरचनले बताए।

सडक नहुँदा अहिले पर्यटकले पैदल यात्रा गरेको बाटो पैरोथाप्लाको पुरानो गोरेटो बाटो हो।

अहिले मुस्ताङ आउजाउ गर्ने पर्यटकले सवारी साधन परिवर्तन गरेर यात्रा गरेको उनले बताए। यसअघि मुस्ताङको थासाङ गाउँपालिका-३ कैकु खोला र म्याग्दीको रुप्से खोलामा बाढीले सडक क्षति हुँदा सडक अवरुद्ध भएको थियो। अहिले कैकु खोला र म्याग्दीको रुप्से झरनामा सडक मर्मत गरी सडक सञ्चालनमा आएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here