काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या

१६ साउन, काठमाडौं । तारकेश्वर नगरपालिका- २ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ ।

घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मृत्यु हुनेमा श्रीमान,श्रीमती र दुई छोराछोरी रहेका छन् ।

frontline

एकै परिवारका  ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका  पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ।

गोरखा भीमसेन गाउँपालिका-६ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्। 

घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा भेटिएको र प्रहरीले ढोका फोडेर चारजनाको शव भेटाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले घटनास्थलमा प्रहरी पुगिसकेको र हत्याबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन तारकेश्वर

poster-here