एसिड आक्रमणमा परेकालाई सरकारद्वारा निःशुल्क उपचारको व्यवस्था

१४ साउन, काठमाडौं । एसिड आक्रमणमा परेका पीडितहरूका लागि सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार एसिड आक्रमणमा परेका पीडितहरूको उपचार सम्बन्धी कार्यविधि २०७८ अनुसार पीडितहरूले आकस्मिक उपचारका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिन सक्ने व्यवस्था मिलाइएको हो।

frontline

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालबाट आकस्मिक उपचारपश्चात् थप उपचार गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कार्यविधिअनुसार एसिड भन्नाले मानव अगं, जीवजन्तु, वा अन्य जैविक या गैरजैविक वस्तुलाई जलाउने, घातक क्षति पुर्‍याउने वा अन्य कुनै किसिमले गम्भीर असर पुर्‍याउने रासायनिक पदार्थ सम्झनुपर्छ र सो शब्दले नाइट्रिक एसिड, सल्फुरिक एसिड र हाइड्रोक्लोरिक एसिड तथा नेपाल सरकारले सूचना प्रकाशन गरि तोकेको घातक तथा ज्वलनशील (अल्काली) रसायनिक पदार्थलाई जनाउँछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here