अब प्रत्येक २० मिनेटमा एक उडान

आन्तरिकतर्फ प्रत्येक २० मिनेटमा एक उडान गर्ने गरी कोटा तोकियो

विभिन्न गन्तब्यको उडान रद्द

१९ वैशाख, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रत्येक २० मिनेटमा एक मात्र उडान गर्ने गरी कोटा तय गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरुबीच आज भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी २० मिनेटमा एउटा उडान गर्ने सहमति भएको हो ।

frontline

यसअनुसार अब दैनिक ३५ वटा उडान मात्र त्रिभुवन विमानस्थलबाट हुने भएको छ । प्राधिकरण स्रोतका अनुसार नयाँ कोटा प्रणाली अनुसार बुद्धले दैनिक १८ वटा मात्र उडान गर्ने गरि पालो पाएको छ ।

यति एयरलाइन्सको भागमा १० वटा उडान परेको छ । श्री एयरलाइन्सले ५ उडान गर्ने गरी कोटा पाएको छ । दूर्गम भेगका लागि २ वटा उडान तोकिएको छ । त्रिभुवन विमानस्थलबाट उडान संख्याको कोटा तोकिएसँगै वायुसेवा कम्पनीले सोमबारका लागि निर्धारित कतिपय उडान रद्द गरेका छन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार काठमाडौंबाट तुम्लिङटारका लागि हुने उडान रद्द भएको छ । सोमबार नेपालगन्जका लागि निधारित उडान समेत रद्द भएको छ ।

हवाई उडानबारे नेपाल सरकारको अर्को निर्णय नआएसम्म प्राधिकरणको कोटा लागु हुने भएको हो। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई उडान समेत रोक्न सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here