बिहारमा चट्याङ र वर्षाजन्य घटनामा परी २६ जनाको मृत्यु, नौ जना घाइते

१२ साउन, बिहार । पूर्वीराज्य बिहारमा चट्याङ र वर्षाजन्य घटनामा परी २६ जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका सरकारी सञ्चारमाध्यम अल इन्डिया रेडियोले जनाएको छ।

मङ्गलबार देशका आठ जिल्लामा मेघगर्जन र चट्याङसहितको भारी वर्षाले जनजीवन प्रभावित भएको थियो। चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गरिरहेका किसान छन्।

frontline

कैमुरमा सबैभन्दा बढी नौ जनाको मृत्यु भएको छ भने भोजपुर, पटना, जेहानाबाद, रोहतश, औरङगाबाद, अरवाल र सिवान जिल्लामा १७ जनाको मृत्यु भएको समाचार रेडियोले प्रसारण गरेको छ।

आगामी ४८ घण्टामा भारतका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन्।

मुख्यमन्त्रीले मृतकका परिवारजनलाई चार लाख दिने घोषणा गरेका विहार राज्य सरकारका प्रवक्ताले बताएका छन्।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here