मुख्यमन्त्रीमा दाबी गर्दै विपक्षी दलले ४२ सांसदको हस्ताक्षर पत्र बुझाए (सूचीसहित)

माओवादी केन्द्रका नेता केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग

काठमाण्डु – लुम्बिनी प्रदेशमा विपक्षी दलका ४२ जना सांसदको हस्ताक्षर बुझाइएको छ । सत्ता गठबन्धनधारी ४२ जना सांसदहरुको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पेश गरेका हुन् ।

frontline

माओवादी केन्द्रका नेता कुलबहादुर केसीले संसदमा आफूहरुसँग बहुमत रहेको दाबीसहित प्रदेश प्रमुख यादव समक्ष ४२ जना सांसदको हस्ताक्षरपत्र बुझाएका हुन् ।

प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा शंकर पोखरेललाई बहुमत दलको नेताका रुपमा पुनः नियुक्ति गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले विश्वास छैन भन्दै अर्को पत्र बुझाएका हुन् ।

उनीहरुले धारा १६८ (२) बमोजिम माओवादी केन्द्रका नेता केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here