नुवाकोटमा खोलाले बगाउँदा जनप्रतिनिधिको मृत्यु

१० साउन, नुवाकोट । नुवाकोटमा खोलाले बगाउँदा एक जनप्रतिनिधिको मृत्यु भएको छ। मंगलबार खोलाले बगाउँदा बेलकोटगढी नगरपालिका-१२ की महिला वडा सदस्य सुकुमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

प्रहरी नायव उपरिक्षक रुपक खड्काका अनुसार बेलकोटगढी नगरपालिका-१० मा बेलकोट खोलाले बगाउँदा उनको मृत्यु भएको हो। 

frontline

उनका अनुसार घरतर्फ जान लागेका बेला खोला तर्ने क्रममा खोलाले बगाउँदा तामाङको मृत्यु भएको हो। 

उनलाई बगाएको स्थानदेखि एक किलोमिटर तल शव फेला परेको हो। उनको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ।

गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा उनी नेकपा एमालेबाट महिला वडा सदस्य पदमा निर्वाचित भएकी थिइन्।      

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here