२४ घण्टामा ६३८ संक्रमित, दुईजनाको मृत्यु

१० साउन, काठमाडौं । काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६३८ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

पाँच हजार ५५ वटा नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

frontline

आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको छ ।

त्यस्तै, आज २१८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here