गायिका दिलमायाको हत्या आरोपी श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान

९ साउन, काठमाडौं । लोकदोहोरी गायिका दिलमाया कामी (सुनार) को हत्या आरोपी खिलबहादुर श्रेष्ठ (सूर्य) पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले आइतबार श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा चलान गरेको छ ।

frontline

गत असार ११ गते काठमाडौं तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित डेराको कोठामा गायिका सुर्खेत गुर्भाकोट नगरपालिका–२ की ३३ वर्षीया दिलमाया कामी (सुनार) आफ्नै कोठामा मृत फेला परेकी थिइन् ।

आफ्नै खाटमा मृत फेला परेकी गायिका सुनारको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान बढाएको थियो । त्यस क्रममा मृतक सुनारको घाँटीमा डाम देखिएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौं गोठाटार बस्ने ३८ वर्षीय सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई असार १२ मा नेपालटारबाट नियन्त्रणमा लिएको हो ।

गायिका दिलमाया र श्रेष्ठ विगत ७/८ महिनाअघि देखि सँगै बस्दै आएको र आरोपी श्रेष्ठ घटना घटाएर फरार रहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या आरोपी श्रेष्ठले फ्याँकेको दिलमायाको सल महाराजगञ्जस्थित कतारभिषा सेन्टर नजिकै सडकको पश्चिम किनारको खाली ठाउँको झाडीबाट बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here