सहकारीको नियमन गर्न छुट्टै निकाय गठन हुने

फाइल तस्बिर।

६ साउन, काठमाडौं । सहकारीको नियमन गर्न छुट्टै नियमक निकाय गठन हुने भएको छ । 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीको नियमन गर्न दोस्रो तहको नियमन निकाय गठन गर्न समन्वय गरिने बताए ।  

frontline

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले बजेटले सहकारीको नियमन गर्न छुट्टै निकाय गठन गर्ने उल्लेख गरे।

सहकारी विभागका अनुसार देशभर ३० हजार सहकारी छन् । 

सहकारीको नियमन संघ, प्रदेश र स्थानीय तहले गर्ने भनिए पनि प्रभावकारी हुन सकेको छैन ।

दोस्रो तहको नियमन निकाय गठन गर्न २०६८ सालमा गठित एक कार्यदलले सुझाव दिएपनि सरकारले अझैसम्म कार्यान्वयन गरेको थिएन ।

यस वर्ष भने नियमन निकाय गठन हुने भएपछि सहकारीकर्मीले आशा व्यक्त गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here