संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिन थप

५ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको कार्यावधि थप गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सो समितिको कार्यावधि ७ दिन थप गर्न सहमति दिएको हो । समितिबाट आएको म्याद थपबारे बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सहमति दिन प्रस्ताव गर्नुभएको थियो । त्यसलाई बैठकले स्वीकारेको हो ।

frontline

आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले छानवीनको माग गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुभएको थियो ।

त्यसलगत्तै गत असार २२ गते बुधबार छानवीन गर्न ११ सदस्यीय सो समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here