इटालीका प्रधानमन्त्री मारियो ड्राघीले दिए राजीनामा

५ साउन, एजेन्सी । इटालीका प्रधानमन्त्री मारियो ड्राघीले पदबाट राजीनामा दिएका छन् ।

इटलीको संसदबाट बुधबार विश्वासको मत जित्न सफल भएतापनि उनका तीन गठबन्धन सहयोगीहरुले मतदान प्रक्रिया बहिष्कार गरेपछि अल्पमतमा परेका ड्राघीले राजीनामा दिएका हुन् ।

frontline

ड्राघीको राजीनामासँगै इटलीमा प्रारम्भिक निर्वाचनको सम्भावना बढेको हो । इटलीमा बिगत ३ वर्षमा सरकार ढलेको यो तेस्रो पटक हो ।

ड्रागी युरोपियन सेन्ट्रल बैंकका पुर्व प्रमुख पनि हुन । उनले गत वर्षको फेब्रुअरीमा मुख्य राजनैतिक दलको सहयोगमा मिलिजुली सरकार बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here