सिंचाई पोखरीमा डुबेर दुई जनाको मृत्यु

५ साउन, स्याङ्जा । स्याङ्जाको गल्याङ् नगरपालिकाको सिंचाई पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। गल्याङ् नगरपालिका- ७ पेलाकोटस्थित सिंचाईका लागि निर्मित प्लाष्टिक पानीपोखरीमा डुबेर ४ वर्षिया कामना गुरुङ र नातामा आमा पर्ने ३३ वर्षिया बिन्द्र गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। 

प्रहरी प्रवक्तासमेत रहेका खनालका अनुसार, ‘बुधवार साँझ सिंचाई पोखरीमा बालिका खसेपछि उनलाई उद्धार गर्न जाने क्रममा आमा नाता पर्ने बिन्द्र पोखरीमा डुबेपछि दुबैलाई घाईते अवस्थामा अस्पताल पुर्‍याइएको हो।’

frontline

स्थानीयले उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको उनीहरुको उपचारको क्रममा मृत्यु भएको बताइएको छ। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here