प्रतिनिधिसभाको विशेष छानविन समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग भोलि बयान लिने
४ साउन, काठमाडौं । प्रतिनिधिसभाको विशेष छानविन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बिहीबार बयान लिने भएको छ।
बुधबार पूर्वअर्थसचिवहरु र समाचार प्रकाशन गर्ने पत्रकारसँग जानकारी लिएको समितिले बिहीबार करको दर हेरफेर तथा बजेट निर्माणमा अनियमितताको अभियोगमा छानविनमा तानिएका निवर्तमान मन्त्री शर्मासँग बयान लिने भएको हो।
समितिका सचिव सुरेन्द्र अर्यालले भोलि ८ बजे शर्मालाई आमन्त्रण गरिएको बताए।
उनकाअनुसार समितिको म्याद भोलि नै सकिँदैछ। ‘भोलि अवधि सकिँदैछ। समय थप्नेबारे छलफल भएको छ,’ उनले भने।
समितिको म्याद अझै १० दिन थप्नेगरी छलफल भएको छ। कति दिन थप्ने भनेर भोलि नै सिफारिस गरिने सचिव आर्यालले बताए।
प्रतिक्रिया दिनुहोस्