राँचीमा सवारी जाँच गरिरहेकी महिला सब-ईन्स्पेक्टर लाई गाडीले किचेर मार्‍यो

४ साउन, नयाँ दिल्ली । भारतको राँचीमा सवारी जाँच गरिरहेकी महिला सब-ईन्स्पेक्टरलाई गाडीले किचेर मारेको छ।

झारखण्डको राजधानी राँचीमा एक महिला प्रहरी अधिकारीलाई मंगलबार राती सवारी चेकिङ्गको क्रममा गाडीले किचेको हो। 

frontline

प्रहरी अधिकारी संध्या टोपनो सवारी जाँच गरिरहेकी थिइन्। सोही समयमा एक पिकअप भ्यानलाई रोक्न भनिन्। ड्राइभर गाडी रोक्नुको साटो संध्यालाई गाडीले किचिदिए। 

राँची एसएसपीका अनुसार एक जना आरोपीलाई पक्राउ गरिएको छ। यस्तै घटना मंगलबार नै हरियाणाको नुहमा पनि भएको थियो।

उक्त घटनामा हरियाणा प्रहरीका डीएसपी सुरेन्द्र सिंह बिश्नोईलाई डम्परले किचेको थियो । बिश्नोई अवैध उत्खनन रोक्न खोज्दै थिए ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here