पुन: कोरोनाको संख्या दिनानुदिन बढ्दै

३ साउन, काठमाडौं । दुई वर्षभन्दा लामो समय विश्वलाई नै थिलथिलो बनाएको कोरोना महामारी फेरि विस्तारै फैलन थालेको छ ।

विगत एक वर्ष संक्रमण दर घटेर जनजीवन सामान्य बनिरहेकै बेला पछिल्लो एक साताको तथ्याङ्कले यो संख्या दिनानुदिन बढ्दै गएको छ ।

frontline

गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको संक्रमितको संख्या एक सातामै ४ सय ५० नाघेको हो ।

असार २६ गते १२१ जनामा संक्रमण पुष्टि हुँदा २७ गते १६८, २८ गते १७७, २९ गते २०६, ३० गते २६०, ३१ गते २२९ र असार ३२ गते २०५ पुग्यो ।

उन १ गते १३५ जना संक्रमित भएकामा साउन २ यो संख्या उकालो लागेर ४५७ पुग्यो । संक्रमणको यो दर ९ दशमलव ८२ प्रतिशत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये पाँच सयभन्दा बढी काठमाडौं जिल्लामै छन् ।

छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउनुहुन्छ ।

भारतबाट हजारौं मानिस नेपालको सीमा हुँदै प्रवेश गर्ने र उनीहरूको चेकजाँच नगर्दा नेपाल फेरि कोरोनाको उच्च जोखिममा परेको छ ।

नेपालभित्रै स्वास्थ्य मापदण्डमा गरिएको लापरबाही, भीडभाड, हात धुने बानी हट्नु र भौतिक दूरीको बेवास्ता पनि संक्रमणको अर्को कारण हो ।

नेपालमा हाल भेटिएको ओमिक्रोन भेरियन्ट ‘विएफाइभ’ प्रजातिको संक्रमण तीव्र रूपले फैलिएको तथा यो दर अझ बढ्ने निर्देशक डा. दासको भनाइ छ ।

विश्वलाई त्रसित बनाएको कोरोना संक्रमण नियन्त्रणका लागि सतर्कता नअपनाउने हो भने हामीले फेरि पुरानै अवस्थाको सामना गर्न नपर्ला भन्न सकिन्न ।

महामारीबाट बच्न बेलैमा सतर्कता अपनाएर स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here