मनकामना केवलकारको भाडा बढ्याे

३ साउन, गोरखा । मनकामना केवलकारको भाडादर बढेको छ । अहिले देशव्यापीरुपमा महङ्गी बढेसँगै केबुलकारको भाडा दर पनि परिवर्तन गरिएको केवुलकार प्रशासनले जनाएको छ । परिवर्तित भाडादर साउन १ गतेदेखि लागू गरिएको हो ।

मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलुकारले चार वर्षपछि भाडादर बढाएको जनाएको छ । बढ्दो बजार भाउ, तलव वृद्वि र विश्व बजारलाई ध्यानमा राखेर टिकटमा केही प्रतिशत वृद्वि गरेको मनकामना केवलकारका नायव महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए । उनका अनुसार टिकटदरमा चार प्रतिशतसम्म भाडादर वृद्वि गरिएको छ ।

frontline

हाल नयाँ टिकटदर अनुसार नेपाली नागरिकलाई दुईतर्फी आवत जावतमा ७०० रुपैयाँ र एकतर्फी आवत-जावत गर्न ४१० रुपैयाँ तोकिएको छ । यसअघि ६७५ रुपैयाँ लिने गरिएको थियो ।

नेपाली बच्चाका लागि दुईतर्फी ४२० र एकतर्फी २४५ रुपैयाँ तोकिएको छ भने विद्यार्थीलाई ५२५ र एकतर्फी ३०५ रुपैयाँ कायम गरिएको छ ।

यस्तैगरी ज्येष्ठ नागरिकलाई दुईतर्फी ४९०, एकतर्फी ३८५ रुपैयाँ, फरक क्षमता भएकाहरुका लागि दुईतर्फी ३५० र एकतर्फी २०५ रुपैयाँ कायम गरिएको केवुलबार प्रशासनले जनाएको छ ।

भारतीय नागरिकलाई दुईतर्फी ८००, एकतर्फी ५२० रुपैयाँ र भारतबाहेक सार्क राष्ट्र र चाईनिज नागरिकका लागि दुईतर्फी १० डलर, एकतर्फी ६ डलर तोकिएको छ ।

उनीहरुको बच्चाका लागि दुईतर्फीको ७ डलर र एकतर्फी चार डलर कायम गरिएको छ भने अन्य विदेशी नागरिकहरुलाई २० डलर र उनीहरुको बच्चाका लागि ११ डलर र मन्दिरमा बलीका लागि लैजाने बोकाका लागि २४० रुपैयाँ भाडादर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here