मलेसियामा कोरोना संक्रमितको संख्या बढ्दै, ७ जनाको मृत्यु

३ साउन, क्वालालम्पुर । मलेसियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या थप बढेको छ । पछिल्लो २४ घण्टायता मात्र यहाँ तीन हजारभन्दा बढी संक्रमित थपिएका बताइएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्लो २४ घण्टामा तीन हजार ८० संक्रमित थपिएको जनाएको छ । साथै, सो संक्रमणका कारण पछिल्लो घण्टायता सातजनाको ज्यान पनि गएको जनाइएको छ ।

frontline

यहाँ अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् । ३५ हजार ८६५ को ज्यान गएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरूले पछिल्ला केही हप्तायता संक्रमितहरूको संख्या बढेको र अस्पताल भर्ना हुनेहरू पनि बढेका जनाएका छन् ।

यहाँका अधिकारीहरूले मलेसियामा अहिले पनि ४२ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउन भनेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here