सल्यानमा करेन्ट लागेर युवकको मृत्यु

२ साउन, सल्यान । सल्यानमा करेन्ट लागेर २५ वर्षीय एक युवकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका ३ ढारेनीका बबिन भण्डारीको सोमबार दिउँसो मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमाटी गाउँपालिकाको सिमलकुनामास्थित चिन्तामनी खनालको मिलमा विद्युत जडानका लागि सोमबार दिउँसो बिजुलीको पोलमा चढेका भण्डारी वायाँ हातमा करेन्ट लागेपछि भुइँमा खसेका थिए ।

frontline

पोलबाट खसेका भण्डारी बेहोस भएको र उनको तुलसिपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

भण्डारीको अहिले प्रादेशिक अस्पताल तुलसिपुरमा पोष्टमार्टम भइरहेको छ । साथै घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here