मोटरसाइकल र जिप ठक्कर खाँदा युवतीको मृत्यु

२ साउन, काठमाडौं ।  गोरखाको अजिरकोट गाउँपालिका-३ मा आज मोटरसाइकल र बलेरो जिप आपसमा ठक्कर खाँदा एक युवतीको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार अजिरकोट गाउँपालिका-२ बस्ने २३ वर्षीया मेलिना गुरुङ रहेकी छिन्। 

frontline

उनको उपचारको क्रममा स्वास्थ्य चौकी भच्चेकमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालक ३५ वर्षीय मनराज गुरुङको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

भच्चेकबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००३ प ४८१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बलेरो जिप आज बिहान पौन ८ बजे आपसमा ठक्कर खाएका हुन्। 

दुवै सवारी साधनसहित बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here