कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

फाइल तस्बिर

२ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

करिब एक साता केन्द्रीय समितिमा भएका छलफलका निर्णय सुनाउन आज केन्द्रीय समिति बैठक राखिएको हो।

frontline

कांग्रेसले स्थानीय चुनाव समीक्षा र विविध प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल गरेको थियो। १४९ केन्द्रीय सदस्यमध्ये अधिकांशले केन्द्रीय समितिमा धारणा राखेका थिए।

सभापति शेरबहादुर देउवादेखि पदाधिकारीहरू र केन्द्रीय समिति सदस्यले बोल्ने क्रम सकिएको छ। आज केहीबेर केन्द्रीय समिति बैठक बस्नेछ, जहाँ महामन्त्री गगन थापाले निर्णयहरू सुनाउनेछन्।

कांग्रेसले सभापति देउवा नेतृत्वमा रहेको सरकारले एक वर्षमा गरेका कामकारबाहीबारे पनि समीक्षा गरेको थियो।

एक पदाधिकारीका अनुसार विभाग गठनलाई अब छिट्टै अघि बढाइनेछ। केही भ्रातृ तथा शुभेच्छुक संगठन थप गर्ने तयारी छ। नेविसंघलगायत केही भ्रातृ संस्थालाई पूर्णता दिने तयारी पनि छ। 

कांग्रेसले सरकारलाई पनि केही सुझाव दिने तयारी गरेको छ। 

साथै आगामी संघीय र प्रदेश सभा चुनावमा गठबन्धन गरेर जाने विषयमा केही मापदण्ड बनाएर जानुपर्ने विषय पनि निर्णयमा समेट्ने तयारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here