राष्ट्रपतिद्वारा डा. सुवेदीलाई जापानका लागि राजदूत नियुक्त

१ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा डा. दुर्गाबहादुर सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. सुवेदीलाई उक्त पदमा नियुक्त गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले दिनुभयो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here