सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि

१ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । काराबोर अवधिभर उतारचढाव देखिएको सेयर बजारमा सामान्य वृद्धि भएको हो ।

आइतबार नेप्से १.९३ अंक (०.१० प्रतिशत) ले बढेर २०११.३९ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित व्यापार, उत्पादनमुलक, जीवन बीमा र लगानी उपसूचकमा वृद्धि भएको छ ।

frontline

लगानी उपसूचक सर्वाधिक ०.९१ प्रतिशत, उतपादनमुलक उपसूचक ०.८६ प्रतिशत र बैंकिङ उपसूचक ०.६३ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेमा समान्य वृद्धि हुँदा कारोबार रकम १ अर्बमा झरेको छ । शुक्रबार २ घण्टा मात्रै कारोबार भएको बजारमा १ अर्ब ४५ करोडको सेयर किनबेच हुँदा आइतबार कारोबार रकम त्यति पनि पुग्ने सकेन ।

३० लाख ४५ हजार ८८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २३ करोड २५ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये अपर तामोकोशी हाइड्रोपावरको ६ करोड ५ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाखको कारोबार भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन अन्तिम तयारी गरिहँदा लगानीकर्ता पर्ख रहेरको अवस्था छन् । जसले गर्दा खरिद र बिक्री दुवैतिर प्रेस नहुँदा सूचकमा पनि ठूलो उताचढाव देखिएको छैन ।

आइतबार धेरै मूल्य बढ्नेमा राधी जलविद्युत् कम्पनी रहेको छ । कम्पनीको सेयरमूल्य ५.४८ प्रतिशतले वृद्धि हुँदा प्रभु बैंकको सेयरमूल्य ४.७३ प्रतिशतले बढेको छ ।

यता प्रभु सेलेक्ट फण्डको इकाइ मूल्य सवार्धिक ९.७८ प्रतिशतले गिरावट हुँदा सामुदायिक लघुवित्तको सेयरमूल्य ७.५० प्रतिशतले गिरावट भएको छ ।

कारोबार अवधिभर १७९ कम्पनीको सेयर कारोबार भएकोमा ८४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ८७ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ८ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here