पशुपतिनाथमा भक्तजनको व्यवस्थापनका कामको नीतिगत व्यवस्थापनका लागि समिति गठन

१ साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउनको सोमवार पशुपतिनाथमा आउने भक्तजनको व्यवस्थापनका कामको नीतिगत व्यवस्थापनका लागि समिति गठन गरेको छ ।

सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । नीति कार्यान्वयनका लागि विभागीय प्रमुखहरू रहेको कार्यान्वयन समितिसमेत गठन भएको छ ।

frontline

साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ ।

साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

आइतबार साउन १ गतेदेखि नै स्वयंसेवक, महिला प्रहरीलगायतको व्यवस्था मिलाइएको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here