गीता सार

“तिमी खाली हात यो संसारमा आउछौ र खाली हात जान्छौ । जुन कुरा आज तिम्रो छ, त्यो हिजो कसैको थियो, र भोलि अरु कसैको हुनेछ । यसकारण तिमि जे काम गर्छौ त्यो भगवानलाई समर्पण गर ।” 

  किन व्यर्थ चिन्ता गर्छौ? को सग व्यर्थ डराउछौ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ, न त मारिन्छ नै ।

frontline

–   जे भयो, त्यो राम्रै भयो। जे भैरहेको छ, त्यो राम्रै भैरहेको छ । जे हुनेछ त्यो पनि राम्रो नै हुनेछ। तिमी विगतको पश्चताप नगर। भविष्यको चिन्ता नगर । वर्तमान चलिरहेको छ ।

–   तिमीले के गुमायौ, जसका लागि तिमी रुदै छौ ? तिमीले के लेराएका थियौ, जसलाई तिमीले हरायौ ? तिमीले के पैदा गर्यौ, जो नाश भयो ? तिमीले केहि लिएर आएका थिएनौ, जे लियौ, यहि बाट लियौ। जे दियौ, यस(भगवान) बाट लियौ। जे दियौ, यहिलाई दियौ।

–   खाली हात आयौ, खाली हात चलिजानेछौ। जो आज तिम्रो छ, हिजो कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आफ्नो सम्झिन मग्न छौ । यहि प्रसन्नता नै तिम्रो दु:खको कारण हो।

–   परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु ठानेका छौ, त्यो नै जीवन हो। एक क्षणमा तिमी करोडौको मालिक बन्छौ, अर्को क्षणमा तिमी दरिद्र बन्न पुग्छौ। मेरो-तेरो, सानो-ठूलो, आफ्नो-पराई, मन बाट हटाइदेऊ, त्यसपछी सबै तिम्रा हुनेछन्, तिमी सबैको हुनेछौ।

–   न यो शरीर तिम्रो हो। न त तिमी नै यो शरीरका हौ। यो शरीर अग्नि, जल, वायु, पृथ्वी, आकाश ले बनेको छ र यसमै बिलिन हुनेछ। तर आत्मा स्थिर छ । त्यसो भए तिमी के हौ त? (नाशवान शरीर वा आत्मा?)

–   तिमी आफुलाई भगवानमा समर्पित गर। यहि सबैभन्दा उत्तम सहारा हो। जसले यस सहाराको जान्दछ ऊ भय, चिन्ता, शोक बाट सदै मुक्त रहन्छ।

–   तिमी जेसुकै गर्छौ, त्यो भगवानलाई समर्पण गर। यसो गर्नाले सदै जीवन-मुक्तिको आनन्द अनुभव मिल्छ।

शास्त्र विज्ञहरुका अनुसार – भगवाद गीतालाई सनातन वैदिक (हिन्दु) धर्मको सार मानिन्छ । यसका विचारहरु संसारका सबै मान्छे र सबै कालखण्डमा लागु हुनसक्छन् । यसमा योग, कर्म, वेदान्त र भक्ति जस्ता विषयमा व्यवहारिक तथा महान निर्देशनहरु पाइन्छन् । यसमा भगवानले  ‘सहि कर्म’ के हो र ‘भगवानले आफ्ना भक्तलाई कसरी उद्धार गर्छन्’ भन्ने महत्वपूर्ण  कुरा उल्लेख गरिएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here