मोरङमा आगलागीबाट ६० लाख बराबरको धनमाल नष्ट

सान्केतिक तस्बिर

३१ असार, मोरङ ।  मोरङको विराटनगर महानगरपालिका–२ स्थित ईश्वर बास्कोटाको नाङ्लो रेष्टुरेन्टमा ग्यास लिक भई बिहीबार दिउँसो आगलागी हुँदा रेष्टुरेन्ट, रेष्टुरेन्टसगैको फर्निचर सोरूम र छिमेकी विनोद अग्रवालको वाल समेत जलेर करिब ६० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here