बारामा ५६ वर्षकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ

३१ असार, वीरगन्ज ।  बारामा ५६ वर्षकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा बाराको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर १ चिउटाहाका १५ र १७ वर्षका दुइ किशोर रहेका छन्। 

frontline

प्रहरीका अनुसार यही असार २५ गते राति आफ्नै गोठघरमा एक्लै सुतिरहेकी ५६ वर्षीया महिलालाई ती दुवै किशोरले रातिको ११ बजे सामुहिक रुपमा पालैपालो बलात्कार गरेका हुन्। 

घटना बारे पीडित महिलाले प्रहरीलाई जानकारी गराएपछि असार २६ गते प्रहरीले दुवै किशोरलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए। 

पक्राउ गरिएका दुवै किशोरलाई जिल्ला प्रहरी कार्यालयको निगरानी कक्षमा राखिएको उनले बताए। 

दुवै किशोर विरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here