गृहमन्त्री खाँण र अध्यक्ष दाहालबीच भेटवार्ता

 २७ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।

आज (सोमबार) अध्यक्ष दाहालकाे निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकका विषयमा छलफल भएको बताइएको छ । छलफल सकारात्मक भएको बुझिएको छ ।

frontline

उक्त विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाँणले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहनुभएको छ ।

आइतबार साँझ उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here