पूर्वप्रधानमन्त्री सिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानी प्रहरीको स्वीकार

२६ असार, एजेन्सी । जापानको दक्षिणी सहर नारामा शुक्रबार गोली हानी मारिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानी प्रहरीले स्वीकार गरेको छ ।

नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले सुरक्षामा समस्या भएको कुरालाई स्वीकार गरेका हुन् । एक राजनीतिक अभियान कार्यक्रममा आबेमाथि गोली हानिएको थियो । घटनापछि जापान शोकमा डुबेको छ ।

frontline

त्यहाँ आज माथिल्लो सदनका लागि मतदान सुरु भएको छ । चुनावी सभामा सम्बोधन गरिरहेका बेला आबेलाई ४१ वर्षका पुरुषले गोली हानेका थिए ।

आबेको पार्थिव शरीरलाई गृहनगर टोकियोमा राखिएको छ । उहाँको पर्सि मङ्गलवार अन्त्येष्टि गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here